खराब मौसमका कारण आन्तरिक उडानहरू प्रभावित

बुधबारदेखि निरन्तर परेको वर्षाका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन्। वायुसेवा कम्पनीहरूले बुधबार र बिहीबारका उडानहरू रद्द गरेका छन्। खासगरी काठमाडौं-पोखराका उडान रद्द भएका छन्। बुद्ध एयरले काठमाडौं-पोखरा उडान दुवै दिन रद्द गरेको छ। बुद्धले यो गन्तव्यमा दैनिक १० उडान गर्थ्यो।  काठमाडौं-पोखराबाहेक अन्तको उडान भने रद्द नभएको कम्पनीका प्रवक्ता दिपेन्द्र कुमार कर्णले जानकारी दिए। यद्यपि पोखराबाट नेपालगञ्ज, भैरहवा, चितवन…

Logo