दशरथचन्द। जिल्लामा नसर्ने रोगको जोखिम बढेपछि परीक्षण अभियान सञ्चालन गरिएको छ । स्वास्थ्यकर्मीहरू टोल–टोलमै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका छन् । सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार एकमहिने अभियानअन्तर्गत गाउँपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । आठवटै वडाका ६६ टोलमा स्वास्थ्यकर्मी खटाएर परीक्षण भइरहेको छ । परीक्षणका क्रममा आवश्यकताअनुसार औषधि वितरणसमेत गरिँदै…