स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा को आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियालाई आज( मंगलबार) साँझ ५ बजेभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिइएको छ । पाँच करोड घुस लिएको भन्दै मंगलबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको आदेशमा पत्रकाटेर मन्त्रालयमा उपस्थित भएर जावफ दिन भनिएको छ ।
डा.चौरसियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको आरोप मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ ।
लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको र ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको आरोप लागेपछि उनलाई मन्त्रालयमा आउन भनिएको हो ।
































प्रतिक्रिया