बाजुरा । बाजुराको प्रमुख पर्यटकीय गन्तव्य पोरखेगढी यतिबेला बाक्लो हिमपातसँगै सेताम्य हिउँको तन्नाले ढाकिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोरखेगढी अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको छ। हिउँमा रमाउन दिनहुँ हजारौंको संख्यामा पर्यटक यहाँ पुग्ने गरेका छन्। बाजुराको सबैभन्दा ठूलो वन क्षेत्र, विशाल घाँसे मैदान, अग्ला हिमचुचुरा र प्रशस्त प्राकृतिक स्रोत–साधनले भरिएको पोरखे…