भादगाउँ। चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ताथली गढी र मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ । स्थानीय इतिहास, प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैली नजिकबाट नियाल्न चाहनेहरू यो क्षेत्रमा आकर्षित भएका हुन् । ताथलीगढी क्षेत्र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँ पुरातात्विक महत्वका सम्पदाका अवशेष पाइएका छन्…