फिनल्यान्डको हेलसिन्की विमानस्थलमा कोरोना पहिचान गर्नसक्ने १० वटा कुकुर परिचालन गरिएका छन् । विमानस्थल सञ्चालक फिनाभियाकाअनुसार मंगलबारबाट सुुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ ।‘कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । फिनाभियाकाअनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि…