श्रीलङ्काः राज्य भूमिकामा दबाब

कोलम्बो । श्रीलङ्कामा बौद्ध धर्मको संवैधानिक हैसियत र भिक्षुहरूको परामर्श भूमिकालाई सम्मान गर्न माग गर्दै सयौँ बौद्ध भिक्षुहरूले शुक्रबार राजधानी कोलम्बोमा शान्तिपूर्ण र्‍याली निकालेका छन् । भिक्षुहरूले सरकारले आफ्नो धर्मको सम्मान नगरेको र राज्य सञ्चालनमा लामो समयदेखि चल्दै आएको परामर्श परम्परालाई बेवास्ता गरेको आरोप लगाएका छन् । र्‍याली कुनै हिंसात्मक घटनाबिना सम्पन्न भएको छ ।…

Logo