बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी वर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । डन न्यूजका अनुसार मनसुनी वर्षाले मानवीय तथा भौतिक क्षति पुर्याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुलाई–१ देखि अगस्ट–१७ सम्म वर्षाजन्य घटनामा…