स्कटल्याण्डका पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई आइतबार पक्राउ गरिएको छ। स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तिय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई पक्राउ गरिएको हो। एसएनपी स्कटिश स्वतन्त्रताको समर्थक हो। प्रहरीले उनको नाम नलिई एक विज्ञप्ति जारी गर्दै भने,‘एक महिला (५२ वर्षीया) लाई शंकास्पदका रूपमा हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ।’ …