विश्वमा एकै वर्ष ६७ राष्ट्रले विभिन्न स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने नयाँ कानुन ल्याएको पाइएको छ। एम्नेस्टी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको ‘एम्नेस्टी इन्टरनेशनल प्रतिवेदन २०२१/२२ः विश्वको मानवअधिकार अवस्था’ प्रतिवेदनमा सन् २०२१ मा ती राष्ट्रले त्यस्तो कानुन ल्याएको उल्लेख गरिएको छ। ‘जतिबेला स्वतन्त्र आवाज सबैभन्दा बढी आवश्यक थियो त्यही बेला विरोधलाई दमन गर्ने पश्चगामी प्रवृत्ति हावी भयो,’ एम्नेस्टीले…