प्रकाशलाई पूजाको प्रश्न,-‘त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ?’

प्रकाशलाई पूजाको प्रश्न,-‘त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सिने पत्रकार तथा निर्देशक प्रकाश सुवेदीले टेलिभिजन कार्यक्रम ‘रजतपट’मा दिएको विवादास्पद अभिव्यक्ति पछि सुरु भएको महानायिका प्रकरण अहिले उत्कर्षमा पुगेको छ । टेलिभिजन कार्यक्रममार्फत सुरु भएको यो विषय उजुरीसम्म पुगिसकेको छ ।

अभिनेत्री पूजा शर्माले आफूलाई ‘दाह्रा निस्केकी महानायिका’ भनेर शारीरिक हाउभाउलाई लक्षित गरी अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरी आफ्नो मानहानी गरेको भन्दै आइतबार पत्रकार सुवेदीविरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएकी थिइन् ।

पूजाले उजुरी दिएको समाचार फैलने बित्तिकै आइतबार बेलुका नै पत्रकार प्रकाश सुवेदीले टेलिभिजन कार्यक्रम ‘रजतपट’मा अभिव्यक्त भएको विवादास्पद अभिव्यक्तिप्रति माफी मागे । उक्त अभिव्यक्ति कसैप्रति लक्षित र गलत उद्देश्यले सो नभनेको भन्दै सुवेदीले व्यक्ति विशेष नभएको र ‘दाह्रा’ शब्द प्रतिकात्मक रहेको समेत बताएका थिए ।

तर प्रकाशको उक्त भिडियोले यस प्रकरणलाई शान्त बनाउनुको साटो बलेको आगोमा घिउ थप्ने काम ग¥यो । किनकी उक्त भिडियो सार्वजनिक भएको केही समयपछि नै पूजाले फेरि अर्को आक्रोशपूर्ण स्टाटस सामाजिक संजालमा सार्वजनिक गरिन् । स्टाटसमा पूजाले त्यस्तो गम्भिर बिषयमा त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ? भनि प्रश्न गरेकी छिन् । साथै उक्त गम्भिर बिषयलाई कार्यक्रम प्रस्तोताले जुन ढंगले घमण्ड र दम्बसहित राष्ट्रिय टेलिभिजनमा प्रस्तुत गरियो, त्यो सम्पूर्ण कलाकारको अपमान भएको पनि उनले बताएकी छिन् ।

उनको स्टाटस जस्ताको त्यस्तै

एपिवान टिभिको रजतपट कार्यक्रममा भएको कलाकारप्रतिको अपमानजनक टिप्पणी बिरूद्ध हिजो हामीले कलाकार संघ, निर्माता संघ , एपिवान लगायत बिभिन्न महत्वपूर्ण ठाँउमा उजूरी दियाैँ ।

लगत्तै हिजो बेलुका सम्बन्धीत कार्यक्रम प्रस्तोताले क्षमा माग्ने भिडियो पनि आयो , त्यो सुनेर हामी झन आश्चर्यमा पर्यौ ! त्यस्तो गम्भिर बिषयमा उहाँले दारे शब्द चिप्लिएर प्रयोग गरिएको मा माफि पाऊँ भन्नु भो , जबकि ‘दारे महानायिका’ शब्द चिप्लिएको होइन … २ दिनकि चाँदनि फिर अन्धेरी रात, तिमिहरूको के हैसियत छ ? भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनु पर्ने दिन आउँछ , मैले एक से एक अभिनेत्रीको अन्तर्वार्ता लिएको छू ,तं आउदिन भन्ने तेरो के हैसियत के छ ? .. यो आशय स्पष्ट झल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ? एउटा शब्द दारे महानायिका मात्रै भए लौ चिप्लियो होला भनेर मान्न सकियो । तर उहाँले अन्तर्वार्तामा नआएको रिस त्यति लामो शब्दमा आक्रोससहित पोख्नु भएको छ ।

“घरमा हामी सधैँ यस्तै बोल्थ्यौं , परिवार सम्झेर कार्यक्रममा पनि बोले रे, राष्ट्रिय टेलिभिजन च्यानलमा बोलेको त्यस्तो बिषयमा पनि यस्तो हलुका टिप्पणी सहित मागिएको माफिले हामिलाई अचम्भित तुल्यायो !

अतः यो गम्भिर बिषयलाइ कार्यक्रम प्रस्तोताले जुन ढंगले घमण्ड र दम्बसहित राष्ट्रिय टेलिभिजनमा प्रस्तुत गर्नु भएको छ यो सम्पूर्ण कलाकारको अपमान हो , भबिष्यमा यस्ता घटनाहरू पुनः दोहोरिन सक्छ । अतः हामीले न्यायको लागि चलचित्रसँग सम्बन्धित सरोकारवाला संघ गुहारेका छौं साथै उक्त कार्यक्रम प्रसारण गर्ने टेलिभिजनमा पनि गएका छौं यो बिषयलाई निज प्रस्तोताले लिए जस्तै हल्का रूपमा नलिइ गम्भिर भएर ,भबिष्यमा समेत नजीर बस्ने गरि न्याय प्राप्त गर्ने आशासहित लागि रहने छौं ।

यो साथ र सहयोगको लागि सम्पूर्ण चलचित्रकर्मी , न्यायप्रेमी पत्रकार साथीहरू , शुभचिन्तक मित्रहरू सबैलाई धन्यवाद !!!

Logo