हाँस्य कलाकार निर्मल शर्माको आज जन्मदिन, शुभेच्छुकहरुका शुभकामनाले फेसबुक वाल भरियो

हाँस्य कलाकार निर्मल शर्माको आज जन्मदिन, शुभेच्छुकहरुका शुभकामनाले फेसबुक वाल भरियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चर्चित हाँस्य कलाकार निर्मल शर्माको आज जन्म दिन परेको छ । उनको जन्मदिनमा धेरै शुभचिन्तकहरुले बिहानैदेखि सामाजिक संजालमा शुभकामना दिएका छन् ।

उनी आफैं पनि हरेक दिन सबै शुभचिन्तकहरुलाई जन्मदिनको शुभकामना दिने गर्थे । त्यसैले पनि उनको जन्मदिनमा शुभकामना दिनेहरु बढेका हुन् ।

शर्मालाई कलाकारहरु दिपकराज गिरि, कुमार कट्टेल, उत्तम केसी, राज वल्लभ कोइराला, अर्जुन घिमिरे, रजनी केसी, सिताराम कट्टेल, उषा सुवेदी, एलिजा गौतम, संचिता लुईंटेल लगायतले शुभकामना दिएका छन् ।

उनलाई शुभकामना दिंदै कलाकार सिताराम कट्टेल धुर्मुसले लेखेका छन् , :अत्यन्त सरल र मिलनसार ब्यक्तित्व आदरणीय निर्मल शर्मा दाइलाई जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ।

यस्तै कलाकार राज वल्लभ कोइरालाले लेखेका छन्, : ह्याप्पी वर्थ डे निर्मल दाई ।

कलाकार दिपकराज गिरिले लेखेका छन्,

बजारमा आजकल मित्रहरू टन्नै पाइन्छ,
घर छेउमै पाइन्छ, कार्यालयमा पाइन्छ, सहकर्मीका रूपमा पाइन्छ,

तर जो मित्र कठिन समयमा पनि आफूसँगै उभिन्छ
त्यस्ता मित्र आजकल भाग्यमानीलाई मात्र प्राप्त हुन्छ ।
धन्यवाद मलाई भाग्यमानी बनाइ दिनु भएकोमा ।।
शरिर जस्तै ठूलो मन भएको मित्र निर्मल दाइ जन्मदिनको लाखौं शुभकामना ।।

यसैगरि कलाकार रमेश उप्रेतीले पनि शर्मालाई शुभकामना दिएका छन् । उनले लेखेका छन्, : प्रिय मित्र निर्मल शर्मा जीलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

हाँस्य टेलिश्रृंखला तितोसत्यमा गैडा नामले परिचित शर्मा करिव २ दशकदेखि कलाक्षेत्रमा सक्रिय छन् ।

Skip This
Skip This
Logo