काठमाडौं ।
कोरोना भाइरसले यतिबेला विश्व नै त्रासमा छ । ७ महिना अघि देखि शुरु भएको यसको त्राससँगै विश्वका हरेक क्षेत्र थला परेको छ । आर्थिक, सामाजिक, स्वास्थ्य, राजनीतिक, शैक्षिक लगायतका सबै क्षेत्र बन्द मात्र भएनन् , अब पुरानै अवस्थामा आउन निकै समय लाग्ने निश्चित छ ।
नेपाली चलचित्रका महानायक राजेश हमालले कोरोना पछिको अबको दैनिकी नयाँ ढंगले अगाडि लैजानु पर्ने बताएका छन् । सरकारले पनि यस विषयमा सोच्नु पर्ने उनले बताए । अब नौलो परिस्थिति सामना गर्दै नौलो जीवन पद्धतीको सुरुवात गर्नुको विकल्प छैन । हमालले भने , भयंकर ठूला ठूला समस्याहरूको समाधान मानव समुदायले खोज्दै आएको छ र यसको पनि खोज्नेछ ।
यसो भनेर कोरोनालाई सामान्य नसोच्न पनि उनले सल्लाह दिएका छन् । हरेक क्षेत्रमा कोरोनाले चुनौती ल्याएको बताउँदै उनले चुनौतीपूर्ण समयको सामना गरौं, कोरोनालाई जितेर अघि बढौं भन्ने अनुरोध पनि गरेका छन् । कठिन परिस्थितीमा आफूलाई कठिन ढंगबाटै परिचालन गर्न सिक्नु पर्ने उनले बताए ।
यसपटक केन्द्रबिन्दुसँग कुराकानी गर्दै कोरोना पछि के हुन सक्छ र के हुनु पर्छ भन्ने विषयमा हमालले आफ्ना विचार व्यक्त गरेका छन् । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया