काठमाडौं ।
निर्माता मौनता श्रेष्ठले चलचित्र ‘आँधी तुफान–२’ निर्माण गर्ने भएका छन् । मौनताले ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा चलचित्र ‘आँधी तुफान’ निर्माण गरेका थिए । सो फिल्मले ब्यावसायिक सफलता हासिल गरेको थियो ।
लकडाउन अबधिभर आफूले ‘आँधी तुफान–२’ को स्क्रिप्ट लेखिसकेको र अब भदौबाट सुटिङ सुरु गर्ने जानकारी निर्माता मौनताले दिएका छन् । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्देशक तथा कलाकार छनौटकै क्रममा रहेको बताइन्छ । लेडि एक्शन फिल्म ‘आँधी तुफान’ मा पूजना प्रधान, ऋचा घिमीरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए । ‘आँधी तुफान–२’ पनि नारी कथानक हुने बताइएको छ ।
‘नेपाली समाजमा भइरहेको नारीमाथिकोे दमन, शोषण तथा अत्याचार अनि नारी जागरणको बिषयलाई प्रमुखताका साथ उठान गर्दैछु,’ लेखक समेत रहेका निर्माता मौनता भन्छन् ,‘केही नयाँका साथमा केही अनुभवी कलाकारलाई प्रस्तुत गर्ने छौं ।’ कार्यकारी निर्माता रत्नले फिल्मको कथावस्तु मन परेकाले उत्साहीत रहेको बताए ।





























प्रतिक्रिया