चलचित्र विकास बोर्डमा ३ जनाको नाम सिफारिस, को को परे ?

चलचित्र विकास बोर्डमा ३ जनाको नाम सिफारिस, को को परे ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयले दर्खास्त दिने मध्ये तीन जनाको नाम सिफारिस गरेको हो ।

मन्त्रालयले निर्देशक दयाराम दाहाल, नायक भुवन केसी र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको छ। अध्यक्ष पदका लागि उल्लेखित ३ जना बाहेक भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डंगोल, ध्यानबहादुर सुब्बा, राजेन्द्रकुमार उप्रेती, परशुराम चौधरी तथा दीपक श्रेष्ठले पनि आवेदन दिएका थिए।

यस अघि पदपूर्तिका लागि आवेदन दिन मन्त्रालयले योग्यतासहितको सार्वजनिक सूचना जारी गरेको थियो । चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको गत वर्षको २९ मंसिरमा हृदयाघातका कारण निधन भएपछि सो पद रिक्त थियो । सो पदका लागि मन्त्रालयले वैशाख १६ गते सम्म आवेदन दिन सक्ने सार्वजनिक सूचना आह्वान गरेको थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ।

Skip This
Skip This
Logo