भारतको सीमा अतिक्रमणविरुद्ध जुर्मुराए नेपाली कलाकार (भिडियोसहित)

भारतको सीमा अतिक्रमणविरुद्ध जुर्मुराए नेपाली कलाकार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतले केही समय अघि नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर जाने सडक निर्माण गरेसँगै नेपालमा यो विषयले ठूलो रुप लिएको छ । भारतीयपक्षले नेपाली भूमिमा एकतर्फी बाटो निर्माण गरेको भन्दै नेपालले आपत्ति जनाउदै आएको छ । तर भारतीय पक्षले आफ्नै भूमिमा बाटो बनाएको दावी गर्दै आएको छ ।

यस विषयमा नेपाल सरकारले असन्तुष्टि जनाउँदै कुटनीतिक वार्ताका लागि निरन्तर ताकेता गर्दै आएपनि भारतीय पक्षले वेवास्ता गर्दै आएको छ । भारतीय पक्षको वेवास्तालाई छोड्दै नेपाल सरकारले गत बुधवार लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरी नेपालको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । यति मात्र नभएर प्रधानमन्त्री के.पी. शर्मा ओलीले तीन वर्षभित्र नक्सामा मात्र नभइ भूमि नै फिर्ता ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सन् १८१६ मार्च ४ मा नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिका आधारमा आफ्नो भूमि सहितको नक्सा सार्वजनिक गरेको भन्दै नेपालीहरुले सरकारको खुलेर स्वागत गरेका छन् । तर, उता भारतीय मिडिया भने नेपालमाथि खनिएका छन् । नेपालमाथि तथानाम टिका–टिप्पणी गरिरहेका छन् । यसरी भारतीय पक्षले आम नेपालीलाई तथानाम बोल्न थालेपछि नेपाली पक्षले पनि खुलेरै भारतीय पक्षको टिप्पणी गरेका छन् । नेपालका सर्वसाधारण, नेता र कलाकारहरुले पनि यसप्रति कडा आपत्ति जनाउँदै आ–आफ्नो धारणा राख्न थालेका छन् । जसमध्ये केही टिप्पणी यहाँ उल्लेख गरिएको छ । कसले के भने त ? हेरौं यो भिडियोमा :

Logo