काठमाडाैं ।
नेपालले लिम्पियाधुरा लिपुलेकसहितको नक्सा सार्वजनिक गरेसँगै अन्तर्राष्ट्रियस्तरमा चासो बढेको छ । भारतले आफ्नो भन्दै आएको यस भूभागमा नेपालको अनुमतिसमेत नलिई सडक मार्ग निर्माण गरेपछि विवाद अझ बढेको हो ।
नेपाल सरकारले आफ्नो भूमि कुनै हालतमा पनि अर्काको कब्जामा पर्न नदिने भनि नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतीय मिडिया, सरोकारवाला निकाय र जनता समेत रुष्ट बनेका छन् । यसैबीच भारतलाई कर्म भूमि बनाएकी नेपाली अभिनेत्री मनिषा कोइरालाले नेपालको समर्थन गर्दै अभिव्यक्ति दिएपछि भारतीय मिडियाहरूले मनिषाको मात्र विरोध गरिरहेका छैनन् नेपालले भारत विरुद्ध चीनसँग मिलेर लागि परेको आरोप लगाइरहेका छन् ।
यसैबीच नेपाली कलाकार तथा समपूर्ण नेपाली आफ्नो भूमि माथि धावा बोल्नेको विरुद्ध लागी परेका छन् । नायक निखिल उप्रेतीले यस विषयलाई लिएर आफ्नो भनाई सार्वजनिक गरेका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक र ऐतिहासिक कदम चालेको र यसमा सबैले साथ दिनु पर्ने जनाएका छन् । उनले हरेक काममा भारतसँग निर्भर हुने प्रवृत्तिले भारतले हद पार गरेको र हेपिनेले धेरै ठाउँ दिएपछि हेप्नेले सीमा काट्नु सामान्य भएको बताएका छन् ।
उनले अब कसैसँग पनि झुक्न आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले आजको दिनमा समेत केही नेताहरूले भारतकै गुलामी गरिरहेको र आगामी दिनमा उनीहरूलाई शक्तिबाट हटाउनु पर्ने साथमा हरेक नेपाली आत्मनिर्भर हुन आवश्यक रहेको उल्लेख गरेका छन् । उनले जुनसुकै पार्टी को भए पनि देशको मामिलामा भने एक हुन आह्वान गरेका छन् । जसले हाम्रो आगामी पुस्ता पनि स्वाभिमानले बाँच्न सकोस् ।
“राष्ट्रियता को मामिला मा एक जुट होऔ ।भारतिय आशीर्वाद को आधारमा सरकार चलाउने र गिराउने जस्तो घिनाउने राजनिती को अन्त गरौ।आत्म निर्भर बनौं स्वभिमानी बनौ।´´
Posted by Nikhil Upreti on Friday, May 22, 2020





























प्रतिक्रिया