नयाँ नक्सा ल्याएर बच्चालाई पापा देखाए झैं झुक्याएको हो ? : करिष्मा मानन्धर

नयाँ नक्सा ल्याएर बच्चालाई पापा देखाए झैं झुक्याएको हो ? : करिष्मा मानन्धर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सोमबार नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै यतिबेला विभिन्न क्षेत्रमा यसबारे प्रतिक्रिया आइरहेका छन् ।

जसमा कलकर्मीमा पनि देशको अतिक्रमित सीमा क्षेत्र समेटेर नयाँ नक्सा मन्त्रिपरिषदबाट स्वीकृत हुँदा एक प्रकारको तरंग फैलिएको छ । जसले गर्दा कलकारहरूले पनि आ–आफ्ना व्यक्तिगत विचार राखिरहेका छन् ।

प्रायः नेपाली कलाकारले नेपाल सरकारको यस निर्णयलाई स्वीकार गरेका छन् । स्वागत योग्य ठहर्याएका छन् । यससँगै उनीहरूले सरकारको यो कदम सुरुवाती भएको र अब नक्सा मात्र नभएर भूमि पनि फिर्ता ल्याए मात्र यो प्रक्रियाले पूर्णता पाउने उल्लेख गरेका छन् ।

यस सम्बन्धमा कतिपय कलकारले मौन रुपमा अतिक्रमित सीमा क्षेत्र समेटेर तयार सामाजिक सञ्जालमा चल्तिका तस्बीर मात्र शेयर गरेर स्वागतको संकेत गरेका छन् भने कतिपयले नक्सा मात्र आएर केही नहुने संकेत गरेका छन् ।

यता, अभिनेत्री करिष्मा मानन्धरले भने यो विषयमा फरक विचार व्यक्त गरेकी छिन् । उनले भारतसँग छलफल नै नगरी कसरी नयाँ नक्सा सार्वजनिक गरियो, भन्नेमा प्रश्न उठाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘हामी संसारलाई ग्लोबल भिलेज भनिरहेका छौं, भाइचाराको कुरा गर्छौं । तर, छिमेकी जसको थिचोमिचोमा हामी दशकौंदेखि परिरहेका छौं, ती छिमेकीसँग सीमानाबारे स्पष्ट कुरा नगरी कसरी मुलुकको नक्सा सार्वजनिक गर्छौं ? के यो सोझा जनतालाई, बच्चालाई पापा देखाएको जस्तो झुक्याएको हो ?’

करिष्माले मन्त्रिपरिषदको यस किसिमको निर्णय बारे प्रश्न उठाएकी छिन् । उनले लेखेकी छिन्, ‘अब, फेरी अर्को पुस्ताले यो नक्सा देखाउँदै छिमेकीसँगको विवाद गरेरै जीवन गुजार्ने हो ?’ उनले सबैबाट मान्यताप्राप्त सीमाना सहितको नक्सा नेपालीलाई चाहिएको उल्लेख गरेकी छिन् ।

उनको फेसबुक स्टाटस यहाँ हेर्न सकिन्छ ।

Logo