चलचित्र ‘डु यु लभ मि’ डिसहोममा प्रदर्शन हुने

चलचित्र ‘डु यु लभ मि’ डिसहोममा प्रदर्शन हुने

केन्द्रबिन्दु
0
Shares

कोरोनाको कारण सबैजना घरमै बस्न बाध्य छन् । जसकारण प्राय: मानिसहरु आफ्नो खाली समय चलचित्र हेरेर सदुपयोग गरिरहेका छन् ।

यसैक्रममा थप मनोरन्जनका लागि यहि बैशाख २३ गतेदेखि नेपाली कथानक चलचित्र ‘डु यु लभ मि’ प्रदर्शन हुने भएको छ । डिसहोम सिनेमा घरमार्फत दैनिक बिहान ४, ७, १० र दिउसो १ बजे गरि ४ शो प्रदर्शन हुने यस चलचित्र च्यानल नम्बर १०८ मा हेर्न सकिन्छ ।

कलाकारहरु लक्ष्मण पुन, पुष्कर गुरुङ, कबिता आले, श्याम राई, रमेश अधिकारी, सपना रोका , प्रमोद खड्का लगायतको अभिनय रहेको यस चलचित्रमा संजय काउछाको निर्देशन रहेको छ भने पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

Logo