२७औँ बसन्तमा प्रवेश गर्दै अभिनेत्री वर्षा सिवाकोटी

२७औँ बसन्तमा प्रवेश गर्दै अभिनेत्री वर्षा सिवाकोटी

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली सिने जगतमा पाईला टेकेकी अभिनेत्री वर्षा सिवाकोटीको आज जन्मदिन परेको छ ।

वर्षेनी जस्तै पशुपतिनाथको मन्दिरमा पुजा गरी आफ्नो जन्मदिनको सुरुवात गर्ने उनि यसपटक भने लकडाउनका कारण मन्दिर जान पाईनन् । त्यसैले उनले घरमै पुजा गरी ठुलाको आशिर्वाद लिएर यसपटकको जन्मदिन मनाएको बताईन् । संगसंगै जन्मदिनको कुनै विशेष योजना नभएको पनि उनको भनाई छ । भेटघाट गर्न नपाएपनि फोनमार्फत, म्यासेज मार्फत र सामाजिक संजालमार्फत साथीभाईहरुले बिहानैदेखि जन्मदिनको शुभकामना दिईरहेको उनले बताईन् । वर्षा आजबाट २६औँ बसन्त पार गर्दै २७औँ बसन्तमा प्रवेश गरेकी छिन् ।

पछिल्लो समय वर्षा सामाजिक कार्यमा निकै सक्रिय बनेकी छिन् । जसकारण उनको चर्चा दिनप्रतिदिन बढ्दो क्रममा छ । कोरोना संक्रमणसँग लड्न वर्षाले प्रधानमन्त्री राहत कोषमा १ लाख सहयोग गरेकी छिन् भने लकडाउनको समयमा घरबाहिर भोकै परेका जनावरहरुलाई खाना खुवाउने अभियानमा पनि उनि सक्रिय रुपमा लागिरहेकी छिन् ।

Skip This
Skip This
Logo