अभिनेत्री वर्षा सिवाकोटीद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख सहयोग

अभिनेत्री वर्षा सिवाकोटीद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

कोरोनाको बढ्दो संक्रमण सँगै नेपाल सरकारले हाल जारी लकडाउनमा फेरी १ हप्ता समय थप गरेको छ । जसकारण दैनिक ज्याला कमाएर जीविकोपार्जन गर्ने मजदुरहरु धेरै मर्कामा परेका छन् । देश लकडाउनको अवस्थामा हुँदा कुनै पनि नेपालीले दु:ख भोग्नु नपरोस भन्ने उदेश्यसहित स्थापना गरिएको प्रधानमन्त्री राहत कोषमा थुप्रै नेपालीहरुले सहयोग गरेका छन् ।

यसैबीच अभिनेत्री वर्षा सिवाकोटीले पनि आफ्नो व्यक्तिगत तर्फबाट रु. १ लाख सहयोग गरेकी छिन् । उनले सामाजिक संजालमा एक भिडियो र स्टाटस पोस्ट गर्दै आफुले गरेको सहयोग बारे जानकारी गराएकी हुन् ।

उनले भिडियोमा उक्त पैसाले राहत किनेर दैनिक काम गरी जिवन गुजारा गर्ने दाजुभाई तथा दिदीबहिनी समक्ष आफैले पुर्‍याउने ईच्छा भएको तर नेपाल सरकारको आदेशको पालन गर्दै आफु लकडाउनमा भएकोले प्रधानमन्त्री राहत कोष मार्फत दिने सोच बनाएको कुरा उल्लेख गरेकी छिन् ।

यस अघि पनि लोक गायकद्वय बद्री पंगेनी र प्रकाश सपुतले प्रधानमन्त्रि राहत कोषमा सहयोग गरिसकेका छन् ।

Logo