‘क्याप्टेन’ नायिका प्रियंकाले गरिन् इन्गेजमेन्ट, आगामी मंसिरमा बिहे हुने

‘क्याप्टेन’ नायिका प्रियंकाले गरिन् इन्गेजमेन्ट, आगामी मंसिरमा बिहे हुने

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘क्याप्टेन’ बाट चलचित्र जगतमा डेब्यू गरेकी नायिका प्रियंका एमभीले प्रेमी सफल अधिकारीसँग इन्गेजमेन्ट गरेकी छिन् । उनले गत शुक्रबार काठमाडौंको एक होटलमा दुबै पक्षका परिवारको उपस्थितिमा औंठी साटेकी हुन् । प्रियंकाले आफ्नो बिहे आगामी मंसिरमा हुने बताएकी छिन् ।

प्रियंकाले फेब्रुअरी १४ (प्रणय दिवस) मा इन्स्टाग्राममार्फत् आफू सफलको प्रेममा रहेको खुलासा गरेकी थिइन् । उनका प्रेमी सफल इन्जिनियर हुन् । सफलले इन्स्टाग्रामार्फत आफू नासामा काम गर्ने उल्लेख गरेका छन् ।

फिल्म ‘क्याप्टेन’ मा अनमोलसँग रोमान्स गर्ने अवसर पाए पनि उनले सोचे जस्तो चर्चा पाउन सकिनन् । तर उनीसँगै चलचित्र ‘क्याप्टेन’ बाटै डेब्यू गरेकी नायिका उपासना सिँह ठकुरीको अभिनयको भने निकै चर्चा भयो ।

अनमोलकै सिफारिसमा चलचित्र ‘क्याप्टेन’मा भित्रिएकी प्रियंका अनमोलकी कलेज फ्रेण्ड हुन् । चलचित्र ‘क्याप्टेन’ पछि उनि कुनै फिल्ममा देखिएकी छैनन् ।

Skip This
Skip This
Logo