काठमाडौं ।
यसबर्षको बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ को टिजर सार्वजनिक गरिएको छ । आगामी चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको १ मिनेट ४५ सेकेण्ड लामो टिजरमा चलचित्रमा मुख्य कलाकारहरु फिचर्ड छन् ।
डेढसय बर्ष पुरानो कथामा निर्माण गरिएको यो चलचित्रको सार्वजनिक टिजरले दर्शकमा थप कौतुहलता थपिदिएको छ । यसअघि सार्वजनिक चलचित्रका क्यारेक्टर पोष्टरले नै दर्शकमा उत्सुकता जगाएको थियो । छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको यो चलचित्र राजेश श्रेष्ठले खिचेका हुन् । कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता रहेको चलचित्रका निर्माता सन्तोष सेन हुन् । चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ ‘प्रेम’ र ‘गीत’ को भूमिकामा छन् । चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउत लगायतको पनि अभिनय रहेको छ ।
चन्द्रबहादुर चन्द र डम्बरविक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा हिमाल केसीको एक्सन कोरियोग्राफी छ । तीन करोडभन्दा बढीको लागतमा निर्माण भएको यो चलचित्रमा डेढ सय वर्ष अगाडिको प्रेमकथा प्रस्तुत गरिएको छ ।





























प्रतिक्रिया