काठमाडौं ।
सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु -२ ’ को ट्रेलर सार्वजनिक भएको छ । फागुन ३० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्र ३ वर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को दोस्रो सिक्वेल हो ।
चलचित्रमा मुख्य कलाकार पूजा शर्मा र पल शाहसँगै हरिहर शर्मा, दिनेश डिसि, राजा राजेन्द्र पोखरेल, गणेश गिरि, सोनीका रोकाया लगायत कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रका निर्माता सुदर्शन थापा र नायिका पूजा शर्मा रहेका छन् । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । हेर्नुहोस भिडियोमा :





























प्रतिक्रिया