आगामी चैत २८ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेम गीत–३’ रिलिज अघि नै ‘इन्टरनेशनल राईट’ अन्तर्गत करिव ५० लाख रूपैयाँमा बिक्रि भएको छ ।
चलचित्र निर्माता टिमले अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) का लागि ‘अमेरिका क्यानडा राईट्स’ बिक्री गरेको हो । यससंगै ‘प्रेम गीत–३’ले ३५ लाख रुपैयामा बिक्रि भएको चलचित्र ‘छक्कापन्जा ३’ को रेकर्ड समेत तोडेको छ ।
यी देशहरुका लागि ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले राईटस् खरिद गरेका हुन् । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले सामाजिक संजालमा सम्झौता गर्दाको फोटोमा स्टाटस लेख्दै यसको जानकारी गराएका हुन् । यससंगै फिल्मको माग अहिले बढेको र अब युरोप एवम् अष्ट्रेलिया राईट्स पनि बेच्ने निर्देशक सेन बताउछन् ।
प्रदीप खड्का, क्रिस्टिना गुरुङसँगै शिब श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्स गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतसहितको मुख्य भूमिका रहेको यस चलचित्र २०२० को बहुप्रतिक्षित चलचित्रमध्येको एक हो ।






























प्रतिक्रिया