काठमाडौं ।
पछिल्लो समय नेपाली कलाकारहरुले पनि बलिउडमा इन्ट्री मार्न थालेका छन् । यसैबीच चलचित्र होस्टेलबाट नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री तथा मोडल रिस्ता बस्नेतले पनि बलिउडमा डेब्यु गर्ने भएकी छन् । उनी म्युजिक भिडियोमार्फत बलिउड डेब्यु गर्न लागेकी हुन् ।
भारतीय चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको एक गीतको म्युजिक भिडियोमा उनी अनुबन्धित भएकी छिन् । उनलाई भिडियोमा भित्र्याउने काम सिर्जना सुत्रले गरेको हो ।
बलिउड म्युजिक भिडियो अभिनय बिषयमा अभिनेत्री बस्नेतले सामाजिक सञ्जालमा एक स्टाटस सेयर गर्दै जानकारी दिएकी छिन् । उक्त स्टाटसमा उनले नेहाको गीतमा काम गर्न पाएकोमा खुसी समेत ब्यक्त गरिन् ।

रिस्ताले उक्त गीतमा टिकटकबाट चर्चित मन्जुल कट्टरसँग रोमान्स गर्नेछिन् । जसको जानकारी समेत रिस्ताले दिएकी छिन् । पुनित अवस्थीले संगीत भरेको गीतको भिडियोलाई नेपाली कोरियोग्राफर कमल राइले निर्देशन गर्दैछन् । भिडियोमा पुरुषोत्तम प्रधानको छायाँकन तथा बिपिन मल्लको सम्पादन रहने बताइएको छ ।





























प्रतिक्रिया