चलचित्र सेन्टी भाइरसको ट्रेलर सार्वजनिकमा किन रोए धुर्मुस ? (भिडियोसहित)

चलचित्र सेन्टी भाइरसको ट्रेलर सार्वजनिकमा किन रोए धुर्मुस ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

  • सृजना राई
    काठमाडौं ।

चलचित्र सेन्टी भाइरसको ट्रेलर सार्वजनिक भएको छ । बुधबार दरबारस्थित राइजिङ्ग मलमा आयोजित कार्यक्रममा सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

जनस्तरबाट चितवनमा निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्ने अभियानमा यो चलचित्र निर्माण गरिएको हो । चलचित्रको व्यापारबाट उठेको ५० प्रतिशत रकम सो रंगशाला निर्माणका लागि खर्च गरिने बताइएको छ । यसअघि चलचित्रको २० प्रतिशत रकम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिने बताइएको थियो । तर ट्रेलर सार्वजनिकसँगै आज चलचित्रको ५० प्रतिशत रकम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिने निर्माणपक्षले घोषणा गरेको छ ।

डिन्डु लामा ह्योल्मोको निर्माण तथा रामबाबु गुरुङको निर्देशनमा बनेको सेन्टी भाइरस चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), दयाहाङ राई, कुञ्जना घिमिरे (सुन्तली) बुद्धि तामाङ, विल्सन विक्रम राईको मूख्य भूमिका रहेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) बोल्दा बोल्दै निकै भावुक देखिएका थिए । साथ साथै उपस्थित कलाकारहरु पनि भावुक देखिएका थिए ।

ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारहरु सिताराम कट्टेल (धुर्मुस), दयाहाङ राई, कुञ्जना घिमिरे (सुन्तली) बुद्धि तामाङ, रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, मेरी बास्सै टिम र सक्कीगोनी टिमको उपस्थिती रहेको थियो । चलचित्र ‘सेन्टी भाइरस’ आगामी फागुन ९ गते (शिवरात्री)को दिनबाट देशभर प्रर्दशनमा आउँदैछ । भिडियोसहित :

 

Logo