आज नेपाली हलहरुमा ६ वटा फिल्म एकसाथ रिलिज हुँदैछ । जसमा तीन वटा कलिउड र तीन वटा हलिउड फिल्म रहेका छन् । तर बलिउड फिल्म भने रिलिज भएका छैनन ।
तीन कलिउड
दुई बेरोजगार युवाहरुको कथा समेटिएको फिल्म ‘गाँजा बाजा’लाई गणेशदेव पाण्डेले निर्देशन गरेका छन् । फिल्ममा सुशील सिटौला, वर्षा शिवाकोटी, रक्षा श्रेष्ठ, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।
त्यस्तै अर्को फिल्म हुर्रे यम थापाको लेखन तथा निर्देशन रहेको छ । यसमा कलाकारहरु अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन्।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म हो मङ्गलम । फिल्ममा शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाईं, निर शाह, मिथिला शर्मा र साम्राज्ञी राज्यलक्ष्मी लगायतको अभिनय हेर्न सकिन्छ । यो फिल्म नवल नेपालले निर्देशन गरेका हुन् भने छबिराज ओझाले निर्माण गरेका हुन्।
तीन हलिउड
आज तीन हलिउड फिल्म पनि रिलिज भएका छन् ।
‘रेड स्प्यारो’ रेड स्प्यारो उपन्यासमा आधारित फिल्म हो। फिल्मलाई फ्रान्सिस लरेन्सले निर्देशन गरेका हुन्। त्यस्तै अमेरिकन साइन्स फ्यान्टासी ड्रामा अ रिङ्कल इन टाइम पनि किताब द सेम नेममा आधारित छ। फिल्मलाई अभ दुभर्नेले निर्देशन गरेका हुन्। त्यस्तै द हुरिक्यान हिस्ट एक्सन फिल्म हो । यो फिल्मलाई रब कोहेनले निर्देशन गरेका छन् ।
प्रकाशित: २५ फागुन २०७४ १३:२९ शुक्रबार