दश सहरमा अस्करको ‘सिनेमा साक्षरता अभियान’

दश सहरमा अस्करको ‘सिनेमा साक्षरता अभियान’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । दुई दशकदेखि नेपालमा फिल्म शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । आज चैत १४ देखि २५ सम्म सञ्चालन हुने अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १० सहरमा गर्न लागिएको कलेजले जनाएको छ ।

पूर्वको बिर्तामोडबाट सुरु हुने अभियान विराटनगर, इटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल, दाङ, धनगढी हुँदै पोखरामा आएर टुङ्गिनेछ ।

कलेजका प्राध्यापक रामराजा दाहालले नयाँ पुस्तालाई फिल्म सम्बन्धी आधारभुत जानकारी दिने र उनीहरुमा फिल्मप्रति रुचि जगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । ‘फिल्मका धेरै गतिविधि काठमाडौं केन्द्रित भएकोले काठमाडौं बाहिर यस्ता कार्यक्रम गरिराख्नुपर्ने खाँचो महसुस गरेर यो अभियान गरेको हो’, उनले भने ।

उनका अनुसार प्लस टु सकेर स्नातक तहमा के पढ्ने भन्ने सोचिरहेका विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा हरेक सहरमा एक दिने कार्यशालामार्फत फिल्म शिक्षाका विविध पक्षबारे प्रशिक्षण दिइनेछ ।

कार्यशालामा फिल्म सम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यास, फिल्म इतिहास, चरित्रबारे जानकारी दिइनेछ ।

Logo