निर्देशक चन्दले खेलाए शाहलाई म्युजिक भिडियो

निर्देशक चन्दले खेलाए शाहलाई म्युजिक भिडियो

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । पारसविक्रम शाहलाई म्युजिक भिडियो खेलाएपछि एकाएक निर्देशक नितिन चन्द चर्चामा आएका छन्।

चर्चित निर्देशक चन्दले शाहलाई भिडियोमा खेलाएपछि उनको चर्चा थप चुलिएको हो।

हनिबनी, आई लभ यू, बेबी कुची कुची, सिमसिमे पानीमा, ओइ झुमा, जाउँ भनेर बोलाएको जस्ता दर्जनौँ चर्चित गीतहरूको भिडियो निर्देशन गरिसकेका नितिनले पल शाह, नायिका स्वस्तिमा खड्का, प्रकृति श्रेष्ठ, अलिशा राई, आँचल शर्मालगायतका थुप्रै कलाकारलाई डेब्यु गराएका थिए।

पारसलाई भिडियो खेलाएपछि नितिन चन्दले भने, ‘सोच्या जस्तो गाह्रो भएन, उहाँले हामीलाई सजिलो वातावरण बनाइदिनुभयो।’

चन्द स्टाइलिश म्युजिक भिडियो निर्देशकका रुपमा पनि चिनिन्छन्। ‘जोनी जेन्टलम्यान’ निर्देशक चन्दको पहिलो चलचित्र हो।

Skip This
Skip This
Logo