इलियानाको करियरमा ‘बर्फी’ तगारो

इलियानाको करियरमा ‘बर्फी’ तगारो

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । बलिउड अभिनेत्री इलियाना डिक्रुज साउथ फिल्मको सफल अभिनेत्री थिइन्। एकपछि अर्को हिट फिल्म दिइरहँदा उनी बलिउडतिर लागिन्। बलिउडमा पनि उनले राम्रै नाम र दाम कमाइन्। तर साउथबाट बलिउडमा आएपछि उनले फिल्म नै पाउन छोडिन्।

‘दो और दो प्यार’बाट चर्चा कमाई रहेकी इलियानाले सन् २०१२ मा रणवीर कपूरका साथ फिल्म ‘बर्फी’बाट बलिउडमा पाइला चालिन्। उनी सहायक अभिनेत्री थिइन्। उनले प्रियंका चोपडा र रणवीर कपूर जस्ता दिग्गज कलाकारका साथ आफ्नो फरक स्थान बनाइन्। यो फिल्मबाट उनले दर्शक र समीक्षकको उत्तिकै साथ पाइन्।

उनले ‘बर्फी’बाट प्रशंसा पाएपनि साउथ फिल्ममा भने उनको विषयमा एक हल्ला चल्यो। साउथ फिल्मका निर्देशक तथा निर्माताको कानमा इलियान अब बलिउडमा मात्र काम गर्ने हल्ला पुगेपछि उनले साउथ फिल्ममा काम गर्ने मौका गुमाउँदै गइन्। यो कुराको हालैमात्र उनले एक अन्तरवार्तामा खुलाएकी छन्।

‘बर्फीमा काम गरे पछि आम दर्शकलाई म बलिउडमा सिफ्ट भएको अनुभव भएछ। जसकारण मैले साउथ फिल्ममा थप केही काम पाइनँ। मलाई साउथ फिल्ममा आफ्नो हक मिलेन। तमाम ठूला भूमिकाका बाबजुद पनि मलाई कसैले नोटिस गरेनन्। इमान्दारिताका साथ भन्नु पर्दा मैले आफ्नो हक पाएकी छैन। मलाई यस्तै महशुस हुन्छ। मैले जे काम गरेकी छु, त्यसमा कसैको ध्यान गएन र मलाई थाहा छैन किन यस्तो भएको छ ?’, उनले भनेकी छन्।

Logo