मन्त्रिपरिषद् बैठक : फिल्म छायांकन गर्न सरकारको अनुमति, हल खोल्नेबारे अझै मौन

मन्त्रिपरिषद् बैठक : फिल्म छायांकन गर्न सरकारको अनुमति, हल खोल्नेबारे अझै मौन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना माहामारीका कारण ९ महिनादेखि बन्द रहेको फिल्म क्षेत्रका लागि सरकारले शर्तसहित छायांकन गर्न अनुमति दिने भएकोे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो ।

तथापि फिल्म हल खुलाउने बारे भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन । फिल्म छायांकन गर्दा अब कास्ट एण्ड क्रिउले अनिवार्य कोभिड–१९ मापदण्ड पालना गर्नुपर्ने हुन्छ । विश्वव्यापी कोरोना महामारी फैलिएपछि फिल्मको छायांकन रोकिएको थियो । सरकारले अनुमति नदिएपनि स्थानिय तहको सिफारिसबाट केहि फिल्मको छायांकन सुरु भइसकेको छ ।

यता नेपाल चलचित्र संघले आउँदो १० गतेबाट फिल्म हल खोल्ने स्वनिर्णय गरिसकेको छ । साथै कारोना महामारीका कारण ठूलो क्षति ब्यहोरेको फिल्म क्षेत्रका लागि सरकार उदासिन भएको भन्दै संघले विभिन्न मागका साथ चरणवद्ध आन्दोलनको पनि तयारी सुरु गरिसकेको छ ।

Logo