‘टाइटानिक’ अभिनेता बर्नार्डको निधन

‘टाइटानिक’ अभिनेता बर्नार्डको निधन

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । हलिउड चर्चित फिल्म ‘टाइटानिक’ र ‘लर्ड अफ द रिङ्ग्स’ जस्ता ब्लकबस्टर र अवार्ड विजेता फिल्मका अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ। अभिनेत्री तथा बर्नार्डकी को–स्टार बारबरा डिक्सनले उनको निधनको पुष्टि गरेकी छन्।

बारबराले ट्वीटरमा निधनको जानकारी दिँदै भावुक पोस्ट लेखेकी छन्। ‘म अत्यन्त दुःखका साथ भनिरहेकी छु कि बर्नार्ड हिलको निधन भएको छ। हामीले सन् १९७४ मा रिलिज विली रसेलको शो ‘जोन पल जर्ज रिंगो एण्ड बर्ट’मा सँगै काम गरेका थियौं। उनी कमालका अभिनेता थिए।

उनलाई भेट्न र उनीसँग काम गर्न पाउनु सम्मानको कुरा थियो। भगवानले तिम्रो आत्मालाई शान्ति देउन’, उनले लेखेकी छन्। बर्नार्डको निधन के कारणले भएको भन्ने पुष्टि हुन सकेको छैन।

बर्नार्डले फिल्म ‘टाइटानिक’मा क्याप्टेन एडवर्ड जे स्मिथको भूमिका निभाएका थिए। उनले फिल्मका अलावा टेलिभिजन सिरियल र थिएटरमा धेरै काम गरेका थिए।

Skip This
Skip This
Logo