‘क्या कूल हे हम’ निर्देशक संगीतको निधन

‘क्या कूल हे हम’ निर्देशक संगीतको निधन

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । बलिउड फिल्म ‘क्या कूल हे हम’, ‘जोर’ र ‘यमला पगला दीवाना २’ का निर्देशक संगीत सिवनको निधन भएको छ। हिन्दी फिल्मका अलावा मलयालम फिल्मका निर्देशकसमेत रहेका उनको ६१ वर्षको उमेरमा निधन भएको हो।

संगीतलाई हालै मात्र मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो। उनले अस्पतालमै मे ८ मा अन्तिम श्वास फेरे। उनको निधनमा सनी देओल, रितेश देशमुख, तुषार कपुरजस्ता कलाकारले दुःख व्यक्त गरेका छन्।

‘संगीत सिवन सरको निधनको खबरले निकै दुःखी र उदास छु। उहाँले मप्रति नयाँ अनुहारका रुपमा विश्वास दिलाउनुभएको थियो। मलाई अवसर दिनुभएको थियो। उहाँ निकै सरल हृदय र सानदार व्यक्तित्वका मानिस हुनुहुन्थ्यो। आज मेरो मुटु टुटेको छ। भगवान तपाईंको आत्मालाई शान्ति देओस’, रितेशले लेखेका छन्।

अभिनेता तुषारले पनि संगीतलाई श्रद्धाञ्जली दिँदै सम्झिएका छन्। ‘उहाँ मेरा लागि गुरु समान हुनुहुन्थ्यो। उहाँकै कारण म ‘क्या कूल है हम’मा कमेडीका माध्यमबाट दर्शकमाझ चिनिएँ। संगीत सिवनका साथ काम गर्नु मेरा लागि सम्मानको कुरा थियो’, तुषारले सामाजिक सञ्जालमा लेखेका छन्।

संगीतको के कारणले निधन भएको हो भन्ने विषयमा परिवारले केही जानकारी दिएको छैन। उनले सन् २०१९ मा अन्तिम प्रोजेक्टमा काम गरेका थिए। यो प्रोजेक्ट उनको ओटिटी डेब्यू थियो।

Skip This
Logo