‘गाउँ आएको बाटो’ विजेतालाई मोबाइल फोन

‘गाउँ आएको बाटो’ विजेतालाई मोबाइल फोन

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । निर्देशक नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ले ‘चिठ्ठी प्रतियोगिता’को आयोजना गरेको छ।

फिल्म युनिटले ‘आफ्ना बुबालाई आफ्ना छोराछोरीलाई चिठ्ठी लेख्नुहोस् र पढेर भिडियो बनाउनुहोस अनि जित्नुहोस आर्कषक मोबाइल फोन’ भन्ने प्रचार सामाग्री सार्वजनिक गर्दै प्रतियोगिता आयोजनाको जानकारी दिएको हो।

निर्माण टिमले जेठ ३ गतेबाट २२ गतेसम्म पठाइएका भिडियोलाई प्रतियोगितामा सहभागी गराइने उल्लेख गरेको छ। प्रतियोगीले चिठ्ठी प्रतियोगिताको भिडियोमा अनिवार्य रुपमा फिल्मको नाम र प्रदर्शन मिति राख्नुपर्ने सर्त राखेको छ।

त्यसमा भिडियो निर्माण कम्पनी बाँसुरी फिल्मस्को पेजमा ट्याग गर्नुका साथै बाँसुरी फिल्मस्को युट्युब च्यानल सब्सक्राइभ गरेको हुनु पर्ने शर्त निर्माण टिमको छ।

प्रतियोगितामा प्रथम हुनेले ‘होनोर एक्सनाइनबी’, दोस्रो हुनेले ‘होनोर एक्सएटबी’ र तेस्रो हुनेले ‘होनोर एक्ससेभेनबी’ पुरस्कार स्वरुप जित्नेछन्।

फिल्मले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सात वर्षे छोरा बिन्द्रे (प्रसान राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा पेस गर्नेछ।

यही जेठ २५ गतेबाट रिलिज हुने फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमूख भूमिकामा छन्।

Logo