नायिका दीपिका प्रसाई र निर्देशक दिवाकार भट्टराई आज विवाह बन्धनमा बाधिदैछन् । उनीहरुको प्रेम सम्बन्ध चलचित्र ‘ऐश्वर्य’ को सेटबाट सुरु भएको हो ।

उनीहरुले केही महिना अघि इन्गेजमेन्ट र कोर्ट म्यारिज समेत गरेका थिए । दीपिकाले चलचित्र ‘ऐश्वर्य’ पछि चलचित्र ‘छक्का पञ्जा–३’ मा अभिनय गरिन् भने निर्देशक भट्टराईले ‘क्याटेन’ लगायतका चलचित्रहरु निर्देशन गरेका छन् ।

दीपिकाले सामाजिक सञ्जाल फेसबुकमा हल्दी र मेहेन्दी सेरोमनीका तस्विरहरु सार्वजनिक गरेकी छन् । जसमा उनी निकै सुन्दर देखिएकी छिन् ।































प्रतिक्रिया