बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान

बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । बलिवुडका दुई ठूला सुपर स्टार अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमने सामने हुने भएका छन्। यस वर्षको क्रिसमस रिलिजमा पुष्पा-२ र सितारे जमिन परको भिडन्त हुने चर्चा बलिवुडमा रहेको छ।

यस अघि पुष्पा-२ अगस्त १५ मा रिलिज हुने भनिएको भएपनि विविध कारण फिल्मको प्रदर्शन सारिएको छ। अहिलेसम्म आधिकारीक रुपमा घोषणा नगरिएको भएपनि हिन्दुस्तान टाइम्सले पुष्पा- २ क्रिसमसमा रिलिज हुने उल्लेख गरेको छ। यस अघि वेलकम-३ पनि क्रिसमसमा रिलिज हुने भएको थियो तर वेलकम-३ को निर्माण टिमले सितारे जमिनलाई सोलो रिलिजको अवसर दिदै क्रिसमसमा रिलिज नगर्ने बताएका थिए।

तर, अब भने लालसिंह चड्डापछि कम्ब्याक गर्न लागेका आमिरलाई पुष्पा-२ पनि साथमा रिलिज हुने चर्चा टाउको दुखाइको विषय बनेको छ। अल्लु अर्जुनको हिन्दी बेल्टमा राम्रो फ्यान बेस भएका कारण आमिरको फिल्मलाई ठूलो असर हुने विश्लेषण गरिएको छ।

यस अघि २०२१ को क्रिसमसमा रिलिज गरिएको पुष्पाले बक्स अफिसमा राम्रो कमाइ गरेका कारण पनि अहिले पुष्पा-२ पनि क्रिसमसमा रिलिज हुने दाबि गरिएको छ।

पुष्पा-२ मा अल्लु अर्जुन, रश्मिका मण्डना, विजय सेतुपतिलगायतको अभिनय रहेको छ भने सितारे जमिन परमा आमिर खानका अलावा जिनेलिया देशमुख, दरशील सफारीलगायतको अभिनय रहेको छ।

Skip This
Skip This
Logo