आज बैशाख १७ गते नायिका पुजा शर्माको २७ औं जन्मदिन परेको छ । शर्मालाई सामाजिक सञ्जाल फेसबुकमा उनका शुभचिन्तकहरुले जन्मदिनको शुभकामना सन्देश दिएका छन् ।
पुजाले चलचित्र ‘थ्री लर्भस’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । शर्माले चलचित्र ‘थ्री लर्भस’ बाट डेब्यु गरेता पनि उनी अभिनित चलचित्र ‘प्रेम गीत’ ले नै उनलाई एक सफल अभिनेत्रीको रुपमा परिचित गरायो । त्यसपछि पुजा एकपछि अर्को चलचित्रमा छाइरहेकी छन् । उनले ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
शर्मा अहिले चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकनमा व्यस्त छिन् भने उनी हालै चलचित्र ‘पोई पर्यो काले’ मा पनि अनुबन्धित भएकी छिन् । साथै उनलाई अहिले महंगो पारिश्रमिक लिने नायिकाको रुपमा पनि चिनिन् थालिएको छ ।





























प्रतिक्रिया