प्रेमिल जोडी वर्षा राउत र संजोग कोइराला यति बेला हनिमुनको लागि पेरिस पुगेका छन् । वर्षा फिल्मको सुटिङमा र संजोग व्यवसायमा व्यस्त भएको कारणले गर्दा उनीहरुले एकअर्कासँग समय बिताउँन पाएका थिएनन् । यहि क्रममा गत शुक्रबार मात्र उनीहरु हनिमुनको लागि निस्किएका थिए ।
वर्षा र संजोगले पेरिसमा घुम्दै गरेका थुप्रै तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरिसकेका छन् । अहिले उनीहरुले स्विजरल्यान्डमा हिँउ खेल्दै गरेका तस्विरहरु सार्वजनिक गरेका छन् । जसमा उनीहरु निकै रोमान्टिक देखिएका छन् ।





























प्रतिक्रिया