चलचित्र ‘ए मेरो हजुर ३’ को तेस्रो गीत सार्वजनिक भएको छ । ‘चिट डे’ बोलको गीतमा सुहाना थापाको हट अवतार प्रस्तुत गरिएको छ।
प्रविशा अधिकारीको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत छ । गीतमा आफ्नो ‘फेभरेट’ गायक (अनमोल केसी) लाई भेटेपछि सुहानाको खुसीलाई व्यक्त गर्न खोजिएको छ । गीतमा अनमोल भने सुरुवातमा मात्र देखिन्छन् ।
चलचित्रको यसअघि सार्वजनिक दुई गीत र ट्रेलरले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ । यस चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ ।
कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको चलचित्रमा दिर्घ खड्काले सम्पादन गरेका छन् । चलचित्रमा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् ।
यो चलचित्र यही चैत २९ मा रिलिज हुँदैछ ।





























प्रतिक्रिया