केन्द्रबिन्दु मार्फत १२ जनाले जिते चलचित्र लभ स्टेशनको टिकट (भिडियोमा)

केन्द्रबिन्दु मार्फत १२ जनाले जिते चलचित्र लभ स्टेशनको टिकट (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अभिनेता प्रदीप खड्का स्टार फिल्म ‘लभ स्टेशन’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैंछ । प्रदीपसँगै अभिनेत्री जसिता गुरुङ प्रमूख भूमिकामा छन् । रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको अभियन देखिन्छ ।

उज्ज्वल घिमिरे निर्देशित सिनेमा सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । लभ स्टेशनमा प्रदीप सागर पात्रले परिचित भएका छन्, भने जसिता रानी नामले चिनिएकी छन् । फिल्म प्रदर्शनमा आउनुपूर्व फिल्म टिमको सहकार्यमा केन्द्रबिन्दु क्रिएसन प्रालिले दुई वटा प्रश्न सोधेको थियो ।

युट्युब च्यानल केन्द्रबिन्दु न्युजमार्फत चलचित्र लभ स्टेशनमा प्रदिप र जसिताको फिल्मको क्यारेक्टरको नाम सोधिएको थियो । जसमा फेसबुक र युट्युबको कमेन्टको आधारमा १२ जनाको नाम छानिएको छ ।

धेरै सहभागीहरुले सहि जवाफ दिएपनि गोलाप्रथाबाट २ जनाको नाम छानिएको कार्यक्रम संयोजक सन्दीप आचार्यले जानकारी दिए । उनीहरुले शुक्रबार बिहान ८ बजेसम्ममा सम्पर्क गर्नुपर्ने कार्यक्रम संयोजक आचार्यको भनाई छ ।

Skip This
Skip This
Logo