काठमाडौं । चर्चित युवा ज्योतिषी हरिहर अधिकारीको पहिलो फिल्म ‘शुभ लभ’ चैत्र १५ गतेबाट प्रदर्शनमा आउँदैंछ । यो चलचित्रमा हरिहरलाई कृष्टिन पौडेलले साथ दिएकी छन् । दुबैले यसै सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गर्न लागेका हुन् ।
बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । सिनेमालाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।
‘शुभ लभ’ मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।































प्रतिक्रिया