चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएका छन् । गत चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बिहिबारको नियमित पत्रकार सम्मेलन मार्फत सरकारका प्रवक्ता समेत रहेका सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले सो निर्णय सार्वजनिक गरेका हुन् । यसअघिकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद खाली थियो ।

Logo