‘जात्रै जात्रा’ को डान्सिङ गीत ‘माया पिरिम’ सार्वजनिक (भिडियोसहित)

‘जात्रै जात्रा’ को डान्सिङ गीत ‘माया पिरिम’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘जात्रै जात्रा’ को पहिलो गीत सार्वजनिक भएको छ । आईतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरिएको हो ।

निशान भट्टराई र मनिषा पोखरेलले गाएको गीतमा लेखु सहयात्रीको शब्द रहेको छ भने कृष्ण भारद्धाजले संगीत भरेका छन् । उक्त डान्सिङ नम्बरमा निश्चल बस्नेत, करिष्मा मानन्धर, दयाहाङ राई, वर्षा राउत, सारा सिल्पाली, रबिन्द्र झा लगायतका कलाकारहरु फिर्चड छन् । ‘माया पिरिम’ बोलको गीतमा विवाहको माहोलको देखाइएको छ ।

प्रदिप भट्टराईको निर्देशन तथा लेखन रहेको यस चलचित्रमा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, राजाराम पौडेल, प्रकाश घिमिरे, कालु राना, कृष्णभक्त मर्हजन, प्रियंका झा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रमा मित्र डि गुरुङको सम्पादन र कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । जात्रै जात्रा आउदो जेठ ३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Logo