फिल्म हलभित्र मोबाइल र क्यामेरा लैजान नपाइने, सामाजिक सञ्जालमा क्लिप्स राख्नेलाई कारबाही

फिल्म हलभित्र मोबाइल र क्यामेरा लैजान नपाइने, सामाजिक सञ्जालमा क्लिप्स राख्नेलाई कारबाही

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । चलचित्र विकास बोर्डले प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ अन्तर्गत फिल्म हलमा चलिरहेको फिल्मको क्लिप्स सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

फिल्म तथा फिल्मजन्य सिर्जनाहरूको अनधिकृत रूपमा प्रयोग नगर्न र दण्ड, जरिवाना र क्षतिपूर्तिबाट बच्नसमेत बोर्डले अनुरोध गरेको छ ।

‘अर्काको सिर्जना तथा सम्पत्तिको गैरकानुनी रूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनी रूपमा दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै दण्ड, जरिवाना र क्षतिपूर्ति समेत बेहोर्नुपर्ने हुन्छ,’ बोर्डले उल्लेख गरेको छ।

बोर्डले फिल्म हलभित्र मोबाइल तथा क्यामेरालगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामग्रीहरूको प्रयोग नगर्न÷नगराउन समेत आग्रह गरेको छ।

Logo