चलचित्र बुलबुलको पोस्टर च्यात्न प्रहरीको निर्देशन

चलचित्र बुलबुलको पोस्टर च्यात्न प्रहरीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरीले शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टर हटाउन निर्देशन दिएको छ । पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको हो ।

कानूनतः मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिईएको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको डीएसपी बोगटीको भनाई छ ।

प्रहरीको निर्देशनपछि निर्माण पक्ष पोष्टर हटाउन तयार भएको छ । पोष्टरमा नायिका स्वस्तिमा खड्कासँगै रक्सीको बोत्तल राखिएको छ ।

Skip This
Skip This
Logo