काठमाडौं । पछिल्लो समयकी व्यस्त नायिकामा पर्छिन् वर्षा सिवाकोटी । दर्शकमाझ उनको क्रेज पनि बढ्दो छ । ‘नाई नभन्नु ल २’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी वर्षाले दर्जन बढि चलचित्रमा काम गरिसकेकी छिन् । उनलाई दर्शकले कयौँ म्युजिक भिडियोमा पनि देखिसकेका छन् ।
फेसनदेखि ड्रेसअपसम्ममा विशेष ध्यान दिने वर्षा अहिलेसम्म विवाह नगर्दा सबैले चाँसोका साथ हेरिरहेका छन् । अधिकांश नायिकाहरु वैवाहिक बन्धनमा बाधिईरहेका बेला वर्षाको लगन कहिले जुर्ला भन्ने विषय अनिश्चित छ । तर उनले एक सार्वजनिक कार्यक्रम मार्फत नै विवाहको लागि योग्य केटा पाउन नसकेको बताएकी छन् ।
उनले बिहे गर्नको लागि पार्टन नै नपाएको बताएकी हुन् । विवाह गर्नको लागि पार्टनर नै नपाएको भन्दै खोजिदिन आग्रह गरिन् । चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर रिलिज कार्यक्रममा पत्रकारले सोधेको प्रश्नमा वर्षाले विवाह गर्न पार्टनर नपाएको बताएकी हुन् ।
वर्षा राउतको विवाह भईसक्यो अब वर्षा सिवाकोटीले कहिले विवाह गर्ने भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले बिहे गर्ने पार्टनर नै पाएकी छैन् । कसरी विवाह गर्ने ? मलाई कसैले मन पराउँदैन जस्तो लाग्यो । कसैले पर्पोज नै गर्दैन्, खोजिदिनुहोस् न’





























प्रतिक्रिया