भ्यालेन्टाइन डे को अवसर पारेर चलचित्र ‘प्रेम दिवस’ को दुई पोष्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक दुई पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, आयुषमान देशराज जोशी र नव नायक विशाल खरेल अटाएका छन् । रियल मोसन पिक्चर्स र एस.एन प्रोडक्सन प्रा.ली को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई योगेस घिमिरेले निर्देशन गरेका हुन् । प्रियंका, आयुषमान र विशालसँगै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।
चलचित्रमा रमेश चौधरी र उत्सव दाहालको सह निर्माण रहेको छ । प्रदीप भारद्धाजको कथा, रोशन श्रेष्ठको द्धन्द्ध, अर्जुन पोखरेल, महाराज थापा र करण सिंह कार्कीको संगीत रहेको चलचित्रलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।





























प्रतिक्रिया