हिजोबाट भ्यालेनटाइन विक सुरु भएको छ ।
यहि अवसरमा शुक्रबार माघ २५ गते लभ स्टोरी फिल्म समर लभ प्रर्दशनमा आएको छ । आज फिल्म समर लभ मात्र सोलो प्रर्दशनमा आएको हो ।
मुस्कान ढकाल निर्देशित फिल्म ‘समर लभ’ सुबिन भट्टराई लिखित पुस्तक समर लभमा आधारित भएर निर्माण गरिएको छ । यो फिल्ममा आशिष पिया, रेवती क्षेत्री र नम्रता सापकोटा मुख्य भूमिकामा छन् । आशिषले ‘अतित’ र रेवतीले ‘साया’ को भूमिका निभाएकी छन् । उनीहरु दुबैले यसै फिल्मबाट डेब्यु गर्दैछन् । फिल्ममा सुबिन भट्टराईको कथा छ भने सामिप्यराज तिमल्सिनाको संवाद र पटकथा रहेको छ ।
समर लभमा आशिष, रेवती र नम्रतासँगै शिशिर भण्डारी, सरोज खनाल, सुरज सिंह ठकुरी, ओम प्रतिक लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
न यता न यता
मिराज रोशनले निर्देशन गरेको फिल्म ‘न यता न उता’ दुई अधबैंशेको कथामा निर्माण गरिएको छ ।
यस फिल्मलाई मिराज र बिशारद बस्नेतले निर्माण गरेका हुन् । न यता न उता कमेडी जनारामा बनेको फिल्म हो । ऋचा शर्मा, छुलठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, नमिता घिसिङ, अनु दाहाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।































प्रतिक्रिया