काठमाडौं । संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डितले नेपाली चलचित्र ‘सयकडा दश’ हेरेका छन् । मन्त्री पण्डितसँगै मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारी चलचित्र सयकडा दश हेर्न काठमाडौंको कुमारी हलमा पुगेका थिए ।
मन्त्री पण्डितले सडकडा दशलाई राष्ट्रिय चलचित्र बनाईनुपर्ने आवाज समेत उठाए । विषयवस्तु, प्रस्तुति, सन्देश र मौलिकताको आधारमा यो चलचित्रलाई राष्ट्रिय चलचित्र तय गरिनुपर्ने उनको भनाई थियो ।
भ्रष्टाचारको कथालाई उठान गरेको कारणले पनि यो चलचित्रलाई ‘राष्ट्रिय चलचित्र’ तोकिनुपर्ने उनको माग थियो । राष्ट्रिय चलचित्र तोकिनुपर्ने उनको माग एकातिर छदैंछ अर्को रोचक कुरा चलचित्र हेर्दा हेर्दै मन्त्री पण्डित पटक पटक रोए । यसको खुलाशा उनैले गरेका छन् । उनले भनेका छन्, ‘चलचित्र हेर्दा पटक–पटक रोए ।’
शुक्रबार रिलिज भएको यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतको अभिनय छ । चलचित्रले राम्रो प्रतिक्रिया पाईरहेको छ ।































प्रतिक्रिया